धारा ११७ – संघीय सञ्चित कोष वा संघीय सरकारी कोषबाट व्ययः

देहाय बमोजिमका रकम बाहेक संघीय सञ्चित कोष वा अन्य कुनै संघीय सरकारी कोषबाट कुनै रकम झिक्न सकिने छैनः–

  • (क) संघीय सञ्चित कोषमाथि व्ययभार भएको रकम,(ख) संघीय विनियोजन ऐन बमोजिम खर्च हुने रकम,
  • (ग) विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा पेश्कीको रूपमा संघीय ऐन बमोजिम खर्च हुने रकम, वा
  • (घ) विशेष अवस्थामा व्ययको विवरण मात्र भएको संघीय उधारो खर्च ऐन बमोजिम व्यय हुने रकम । तर संघीय आकस्मिक कोषका हकमा धारा १२४ बमोजिम हुनेछ ।