अनुसूचिहरु

  • अनुसूची १ – नेपालको राष्ट्रिय झण्डा

    (धारा ८ को उपधारा (२) सँग सम्बन्धित)

    • (क) किनाराभित्रको आकार बनाउने तरीका:
      • (१) एउटा सिम्रिक रंगको रातो कपडामा तल्लो भागमा चाहिएको जति लम्बाइको रेखा बायाँबाट दाहिनेतिर खिच्ने र यसलाई क ख नाम राख्ने ।
      • (२) क बाट सीधा माथि ग सम्म क ख को लम्बाइ जतिमा क ख कै तृतीयांश थप्दा जति हुन्छ त्यति लामो हुने गरी क ग रेखा खिच्ने । क ग मा क बाट क ख को लम्बाइ जति लिई घ चिनो लगाउने। ख र घ जोड्ने ।
      • (३) ख घ रेखामा ख बाट क ख जति लिई ङ चिनो लाउने ।
      • (४) ङ हुँदै क ख को समानान्तर पारेर क ग मा पर्ने बिन्दु च बाट शुरुगरी दाहिनेतिर छ सम्म क ख को लम्बाइ जति रेखा खिच्ने ।
      • (५) ग र छ लाई जोड्ने ।
    • (ख) चन्द्र बनाउने तरीका
      • (६) क ख को चतुर्थांश जति क बाट दाहिनेमा ज चिनो लाउने रत्यहाँबाट माथि क ग को समानान्तर पारेर ग छ लाई झ मा छुनेरेखा खिच्ने ।
      • (७) ग च को आधा ञ बाट क ख को समानान्तर पारेर रेखा दायाँतिरखिची ग छ लाई ट मा छुने ।
      • (८) ञ ट र ज झ रेखा काटिएको ठाउँमा ठ चिनो राख्ने ।
      • (९) ञ र छ जोड्ने ।
      • (१०) ञ छ र ज झ काटिएको बिन्दुमा ड चिनो लाउने ।
      • (११) ड लाई केन्द्र मानी ख घ रेखालाई न्यूनतम अन्तर पर्ने गरी स्पर्शगर्दा हुने जति दूरी पर्ने गरी ज झ रेखाको तल्लो भागमा ढ चिनोलगाउने।
      • (१२) ड मा छोई क ख को समानान्तर रेखा बायाँबाट दायाँतिर खिच्ने रयसले क ग लाई छोएको बिन्दुको नाम ण राख्ने ।
      • (१३) ठ केन्द्र लिएर ठ ढ व्यासाद्र्धले तल्लो भागमा वृत्त खण्ड खिच्ने र णड बाट गएको रेखालाई यसले छोएको दुवै ठाउँमा क्रमशः त र थनाम राख्ने ।
      • (१४) ड लाई केन्द्र मानी ड थ व्यासाद्र्धले तल्लो भागमा अर्ध वृत्ताकार तथ लाई छुने गरी खिच्ने ।
      • (१५) ढ केन्द्र मानी ढ ड को व्यासाद्र्धले त ढ थ वृत्त खण्डको दुवैतर्फछुने गरी वृत्त खण्ड खिच्ने र यसले त ढ थ लाई छोएकोविन्दुहरूको नाम क्रमशः द र ध राख्ने । द ध लाई जोड्ने । द ढ रज झ काटिएको विन्दुको नाम न राख्ने ।
      • (१६) न लाई केन्द्र मानेर व्यासाद्र्ध न ध ले त ढ थ को माथिल्लो भागमादुवै ठाउँमा छुने गरी अर्ध वृत्ताकार खिच्ने ।
      • (१७) न लाई केन्द्र मानेर व्यासाद्र्ध न ड ले त ढ थ को माथिल्लोभागमा दुवै ठाउँमा छुने गरी वृत्त खण्ड खिच्ने ।
      • (१८) यस अनुसूचीको नं. (१६) को अर्ध वृत्ताकार भित्र र नं. (१७) कोवृत्त खण्ड बाहिर चन्द्रमाको आठवटा बराबरका कोण बनाउने ।
    • (ग) सूर्य बनाउने तरीका
      • (१९) क च को आधा प बाट क ख को समानान्तर पारेर ख ङ मा छुने गरीप फ रेखा खिच्ने ।
      • (२०) ज झ र प फ काटिएको विन्दु ब केन्द्र मानेर ड ढ को व्यासाद्र्धलेवृत्ताकार पूरा खिच्ने ।
      • (२१) ब लाई केन्द्र मानेर ठ ढ व्यासाद्र्धले वृत्ताकार पूरा खिच्ने ।
      • (२२) यो अनुसूचीको नं. (२०) को वृत्ताकार बाहिर र यो अनुसूचीको नं. (२१) को वृत्ताकारभित्र परेको गोल घेराको बीच भागमा सूर्यकोबाह्रवटा बराबरका कोणहरू दुई चुच्चाहरूले ज झ रेखामा छुने गरीबनाउने ।
      • (घ) किनारा बनाउने तरीका
      • (२३) न ढ को चौडाइ जति गाढा नीलो रंगको किनारा झण्डाको आकारकोबाहिरी सबैतिरको सीमामा थप्ने, तर झण्डाको पाँच कोणहरूमा चाहिंबाहिरी कोणहरू पनि भित्रै सरहका बनाउने ।
      • (२४) झण्डा डोरी लगाई प्रयोग गरेमा माथि बताइएकै पट्टी राख्ने । झण्डालट्ठीमा घुसार्ने हो भने क ग पट्टि आवश्यक परे जति किनाराचौड्याउने । डोरी वा लट्ठीको प्रयोगमा क ग को पट्टीमा प्वाल राख्ने।
    स्पष्टीकरणः झण्डा बनाउँदा खिचिएका ज झ द ध, च ङ, ङ घ, ञछ, ण थ, ञ ट र प फ रेखाहरू कल्पित हुन् । त्यस्तै सूर्यका बाहिरी रभित्री वृत्ताकारहरू तथा खुर्पे चन्द्र बाहेक अरु वृत्त खण्ड पनि कल्पितहुन् । यिनलाई झण्डामा देखाइँदैन ।
    द्रष्टव्यः राष्ट्रिय झण्डाको आकार नेपाल सरकारले निर्धारण गरेबमोजिम हुनेछ ।
  • अनुसूची २ – नेपालको राष्ट्रिय गान

    (धारा ९ को उपधारा (१) सँंग सम्बन्धित)

    सयौ थुँगा फूलका हामी एउटै माला नेपाली
    सार्वभौम भई फैलिएका मेची–महाकाली ।
    प्रकृतिका कोटीकोटी सम्पदाको आँचल
    वीरहरूका रगतले स्वतन्त्र र अटल
    ज्ञानभूमि शान्तिभूमि तराई पहाड हिमाल
    अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल
    बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल
    अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल ।

  • अनुसूची ३ – नेपालको निशान छाप

    (धारा ९ को उपधारा (२) सँग सम्बन्धित)

    द्रष्टव्य: यो निशान छाप आवश्यकता अनुसार ठूलो वा सानो आकारको बनाउन सकिनेछ । त्यसमा नेपाल सरकारबाट निर्धारित रंगको प्रयोग हुनेछ ।
  • अनुसूची ४ – प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरू

    (धारा ५६ को उपधारा (३) सँग सम्बन्धित)

    क्र. सं.प्रदेश नं. १प्रदेश नं. प्रदेश नं. प्रदेश नं.
    ताप्लेजुङसप्तरीदोलखागोरखा
    पाँचथरसिराहारामेछापलमजुङ
    इलामधनुषासिन्धुलीतनहुँ
    संखुवासभामहोत्तरीकाभ्रेपलाञ्चोककास्की
    तेह्रथुमसर्लाहीसिन्धुपाल्चोकमनाङ
    धनकुटारौतहटरसुवामुस्ताङ
    भोजपुरबारानुवाकोटपर्वत
    खोटाङपर्साधादिङस्याङजा
    सोलुखुम्बुचितवनम्याग्दी
    १०ओखलढुंगामकवानपुरबाग्लुङ
    ११उदयपुरभक्तपुरनवलपरासी
    (बर्दघाट सुस्ता पूर्व)
    १२झापाललितपुर
    १३मोरङकाठमाडौं
    १४सुनसरी
    क्र. सं.प्रदेश नं. ५प्रदेश नं. ६प्रदेश नं. ७
    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)रुकुम (पश्चिम भाग)बाजुरा
    रूपन्देहीसल्यानबझाङ
    कपिलबस्तुडोल्पाडोटी
    पाल्पाजुम्लाअछाम
    अर्घाखाँचीमुगुदार्चुला
    गुल्मीहुम्लाबैतडी
    रुकुम (पूर्वी भाग)कालिकोटडडेल्धुरा
    रोल्पाजाजरकोटकञ्चनपुर
    प्यूठानदैलेखकैलाली
    १०दाङसुर्खेत
    ११बाँके
    १२बर्दिया
  • अनुसूची ५ – संघको अधिकारको सूची

    (धारा ५७ को उपधारा (१) र धारा १०९ सँग सम्बन्धित)

    क्र. स.विषयहरु
    रक्षा र सेना सम्बन्धी
    (क) राष्ट्रिय एकता र भौगोलिक अखण्डताको संरक्षण
    (ख) राष्ट्रिय सुरक्षा सम्बन्धी
    युद्ध र प्रतिरक्षा
    हातहतियार, खरखजाना कारखाना तथा उत्पादन सम्बन्धी
    केन्द्रीय प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय गुप्तचर तथा अनुसन्धान, शान्ति सुरक्षा
    केन्द्रीय योजना, केन्द्रीय बैंक, वित्तीय नीति, मुद्रा र बैंकिङ्ग,
    मौद्रिक नीति, विदेशी अनुदान, सहयोग र ऋण
    परराष्ट्र तथा कूटनीतिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध र संयुक्त राष्ट्रसंघ सम्बन्धी
    अन्तर्राष्ट्रिय सन्धि वा सम्झौता, सुपुर्दगी, पारस्परिक कानूनी
    सहायता र अन्तर्राष्ट्रिय सीमा, अन्तर्राष्ट्रिय सीमा नदी,
    दूरसञ्चार, रेडियो फ्रिक्वेन्सीको बाँडफाँड, रेडियो, टेलिभिजन र हुलाक
    भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, संस्थागत आयकर,
    व्यक्तिगत आयकर, पारिश्रमिक कर, राहदानी शुल्क, भिसा
    शुल्क, पर्यटन दस्तुर, सेवा शुल्क दस्तुर, दण्ड जरिबाना
    १०संघीय निजामती सेवा, न्याय सेवा र अन्य सरकारी सेवा
    ११जलस्रोतको संरक्षण र बहुआयामिक उपयोग सम्बन्धी नीति र मापदण्ड
    १२अन्तरदेशीय तथा अन्तरप्रदेश विद्युत प्रसारण लाइन
    १३केन्द्रीय तथ्यांक (राष्ट्रिय र अन्तर्राष्ट्रिय मानक र गुणस्तर)
    १४केन्द्रीय स्तरका ठूला विद्युत, सिंचाइ र अन्य आयोजना तथा परियोजना
    १५केन्द्रीय विश्वविद्यालय, केन्द्रीयस्तरका प्रज्ञा प्रतिष्ठान,
    विश्वविद्यालय मापदण्ड र नियमन, केन्द्रीय पुस्तकालय
    १६स्वास्थ्य नीति, स्वास्थ्य सेवा, स्वास्थ्य मापदण्ड, गुणस्तर र अनुगमन,
    राष्ट्रिय वा विशिष्ट सेवा प्रदायक अस्पताल, परम्परागत उपचार सेवा, सरुवा रोग नियन्त्रण
    १७संघीय संसद, संघीय कार्यपालिका, स्थानीय तह सम्बन्धी मामिला, विशेष संरचना
    १८अन्तर्राष्ट्रिय व्यापार, विनिमय, बन्दरगाह, क्वारेन्टाइन
    १९हवाई उड्डयन, अन्तर्राष्ट्रिय विमानस्थल
    २०राष्ट्रिय यातायात नीति, रेल तथा राष्ट्रिय लोकमार्गको व्यवस्थापन
    २१सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत तथा न्याय प्रशासन सम्बन्धी कानून
    २२नागरिकता, राहदानी, भिसा, अध्यागमन
    २३आणविक ऊर्जा, वायुमण्डल र अन्तरिक्ष सम्बन्धी
    २४बौद्धिक सम्पत्ति (पेटेन्ट, डिजाइन, ट्रेडमार्क र प्रतिलिपि अधिकार समेत)
    २५नाप–तौल
    २६खानी उत्खनन
    २७राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण व्यवस्थापन, राष्ट्रिय निकुञ्ज,
    वन्यजन्तु आरक्ष तथा सिमसार क्षेत्र, राष्ट्रिय वन नीति, कार्बन सेवा
    २८बीमा नीति, धितोपत्र, सहकारी नियमन
    २९भूउपयोग नीति, बस्ती विकास नीति, पर्यटन नीति, वातावरण अनुकूलन
    ३०फौजदारी, देवानी कानूनको निर्माण
    ३१सुरक्षित छापाखाना
    ३२सामाजिक सुरक्षा र गरीबी निवारण
    ३३संवैधानिक निकायहरू, राष्ट्रिय महत्वका आयोगहरू
    ३४पुरातात्विक महत्वका स्थान र प्राचीन स्मारक
    ३५संघ, प्रदेश र स्थानीय तहको अधिकारको सूचीमा वा साझा
    सूचीमा उल्लेख नभएको कुनै विषय तथा यो संविधान र
    संघीय कानूनमा नतोकिएको विषय
  • अनुसूची ६ – प्रदेशको अधिकारको सूची

    (धारा ५७ को उपधारा (२), धारा १६२ को उपधारा (४), धारा १९७, धारा २३१ को उपधारा (३), धारा २३२ को उपधारा (७), धारा २७४ को उपधारा (४) र धारा २९६को उपधारा (४) सँग सम्बन्धित)

    क्र. स.विषयहरु
    प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा
    नेपाल राष्ट्र बैंकको नीति अनुरुप वित्तीय संस्थाहरुको सञ्चालन, सहकारी संस्था,
    केन्द्रको सहमतिमा वैदेशिक अनुदान र सहयोग
    रेडियो, एफ. एम, टेलिभिजन सञ्चालन
    घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन,
    कृषि आयमा कर, सेवा शुल्क दस्तुर, दण्ड जरिवाना
    प्रदेश निजामती सेवा र अन्य सरकारी सेवा
    प्रदेश तथ्यांक
    प्रदेश स्तरको विद्युत, सिचाइ र खानेपानी सेवा, परिवहन
    प्रदेश विश्वविद्यालय, उच्च शिक्षा, पुस्तकालय, संग्रहालय
    स्वास्थ्य सेवा
    १०प्रदेश सभा, प्रदेश मन्त्रिपरिषद सम्बन्धी
    ११प्रदेशभित्रको व्यापार
    १२प्रदेश लोकमार्ग
    १३प्रदेश अनुसन्धान ब्युरो
    १४प्रदेश सरकारी कार्यालयहरूको भौतिक व्यवस्थापन र अन्य आवश्यक विषय
    १५प्रदेश लोक सेवा आयोग
    १६भूमि व्यवस्थापन, जग्गाको अभिलेख
    १७खानी अन्वेषण र व्यवस्थापन
    १८भाषा, लिपि, संस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोग
    १९प्रदेशभित्रको राष्ट्रिय वन, जल उपयोग तथा वातावरण व्यवस्थापन
    २०कृषि तथा पशु विकास, कलकारखाना, औद्योगिकीकरण, व्यापार व्यवसाय, यातायात,
    २१गुठी व्यवस्थापन
  • अनुसूची ७ – संघ र प्रदेशको साझा अधिकारको सूची

    (धारा ५७ को उपधारा (३), धारा १०९, धारा १६२ को उपधारा (४), धारा १९७ सँग सम्बन्धित)

    क्र. स.विषयहरु
    फौजदारी तथा देवानी कार्यविधि र प्रमाण र शपथ (कानूनी मान्यता, सार्वजनिक कार्य र अभिलेख र न्यायिक प्रक्रिया)
    आवश्यक वस्तु तथा सेवाको आपूर्ति, वितरण, मूल्य नियन्त्रण, गुणस्तर र अनुगमन
    देशको सुरक्षासँग सम्बन्धित विषयमा निवारक नजरबन्द, कारागार तथा हिरासत व्यवस्थापन र शान्ति सुरक्षाको व्यवस्था
    एक प्रदेशबाट अर्को प्रदेशमा अभियुक्त, थुनुवा र कैदीको स्थानान्तरण
    पारिवारिक मामिला (विवाह, सम्पत्ति हस्तान्तरण, सम्बन्ध विच्छेद, लोपोन्मुख, टुहुरा, धर्मपुत्र, धर्मपुत्री उत्तराधिकार र संयुक्त परिवार) सम्बन्धी कानून
    सम्पत्ति प्राप्ति, अधिग्रहण र अधिकारको सृजना
    करार, सहकारी, साझेदारी र एजेन्सी सम्बन्धी
    टाट पल्टेको र दामासाही सम्बन्धी
    औषधि र विषादि
    १०योजना, परिवार नियोजन र जनसंख्या व्यवस्थापन
    ११सामाजिक सुरक्षा र रोजगारी, ट्रेड युनियन, औद्योगिक विवादको समाधान, श्रमिकका हक, अधिकार र विवाद सम्बन्धी कार्य
    १२कानून व्यवसाय, लेखापरीक्षण, इन्जिनियरिङ, चिकित्सा, आयुर्वेद चिकित्सा, पशु चिकित्सा, आम्ची र अन्य पेशा
    १३प्रदेश सीमा नदी, जलमार्ग, वातावरण संरक्षण, जैविक विविधता
    १४सञ्चार माध्यम सम्बन्धी
    १५उद्योग तथा खनिज र भौतिक पूर्वाधार
    १६क्यासिनो, चिठ्ठा
    १७प्राकृतिक तथा गैर प्राकृतिक विपद पूर्व तयारी, उद्धार तथा राहत र पुनर्लाभ
    १८पर्यटन, खानेपानी तथा सरसफाइ
    १९चलचित्र, सिनेमा हल, खेलकूद
    २०बीमा व्यवसाय सञ्चालन र व्यवस्थापन
    २१गरीबी निवारण र औद्योगीकरण
    २२वैज्ञानिक अनुसन्धान, विज्ञान प्रविधि र मानव संसाधन विकास
    २३अन्तरप्रादेशिक रूपमा फैलिएको जंगल, हिमाल, वन संरक्षण क्षेत्र जल उपयोग
    २४भूमि नीति र सो सम्बन्धी कानून
    २५रोजगारी र बेरोजगार सहायता
  • अनुसूची ८ – स्थानीय तहको अधिकारको सूची

    (धारा ५७ को उपधारा (४), धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा (१) सँग सम्बन्धित)

    क्र. स.विषयहरु
    नगर प्रहरी
    सहकारी संस्था
    एफ. एम सञ्चालन
    स्थानीय कर (सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेसन शुल्क, सवारी साधन कर),
    सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत),
    दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत संकलन
    स्थानीय सेवाको व्यवस्थापन
    स्थानीय तथ्यांक र अभिलेख संकलन
    स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरू
    आधारभूत र माध्यमिक शिक्षा
    आधारभूत स्वास्थ्य र सरसफाइ
    १०स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता
    ११स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाइ
    १२गाउँ सभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
    १३स्थानीय अभिलेख व्यवस्थापन
    १४घर जग्गा धनी पुर्जा वितरण
    १५कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी
    १६ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन
    १७बेरोजगारको तथ्यांक संकलन
    १८कृषि प्रसारको व्यवस्थापन, संचालन र नियन्त्रण
    १९खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा
    २०विपद व्यवस्थापन
    २१जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण
    २२भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास
  • अनुसूची ९ – संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची

    (धारा ५७ को उपधारा (५), धारा १०९, धारा १६२ को उपधारा (४), धारा १९७, धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा (१) सँग सम्बन्धित)

    क्र. स.विषयहरु
    सहकारी
    शिक्षा, खेलकुद र पत्रपत्रिका
    स्वास्थ्य
    कृषि
    विद्युत, खानेपानी, सिंचाइ जस्ता सेवाहरू
    सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त
    रोयल्टी, पर्यटन शुल्क
    वन, जंगल, वन्यजन्तु, चराचुरुंगी, जल उपयोग, वातावरण, पर्यावरण
    तथा जैविक विविधता
    खानी तथा खनिज
    विपद व्यवस्थापन
    १०सामाजिक सुरक्षा र गरीबी निवारण
    ११व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्यांक
    १२पुरातत्व, प्राचीन स्मारक र संग्रहालय
    १३सुकुम्बासी व्यवस्थापन
    १४प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी
    १५सवारी साधन अनुमति