मुख्यमन्त्रीले देहायका विषयमा प्रदेश प्रमुखलाई जानकारी दिनेछः–
- (क) प्रदेश मन्त्रिपरिषदका निर्णय,
 - (ख) प्रदेश सभामा पेश गरिने विधेयक,
 - (ग) खण्ड (क) र (ख) मा उल्लिखित विषयमा प्रदेश प्रमुखले जानकारी मागेको अन्य आवश्यक विवरण, र
 - (घ) प्रदेशको समसामयिक परिस्थिति ।
 
