देहायको कुनै अवस्थामा संघीय संसदको सदस्यको स्थान रिक्त हुनेछः–
- (क) निजले सभामुख वा अध्यक्ष समक्ष लिखित राजीनामा दिएमा,
- (ख) निजको धारा ८७ बमोजिमको योग्यता नभएमा वा नरहेमा,
- (ग) प्रतिनिधि सभाको कार्यकाल वा राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त भएमा,
- (घ) निज सम्बन्धित सदनलाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा,
- (ङ) जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले संघीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा,
- (च) निजको मृत्यु भएमा ।