देहायको कुनै अवस्थामा प्रदेश सभाका सदस्यको स्थान रिक्त हुनेछः–
- (क) निजले प्रदेश सभाको सभामुख समक्ष लिखित राजीनामा दिएमा,
- (ख) निजको धारा १७८ बमोजिमको योग्यता नभएमा वा नरहेमा,
- (ग) प्रदेश सभाको कार्यकाल समाप्त भएमा वा विघटन भएमा,
- (घ) निज प्रदेश सभालाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहेमा,
- (ङ) जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले संघीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा,
- (च) निजको मृत्यु भएमा ।