(१) देहायको योग्यता भएको व्यक्ति प्रदेश सभाकोे सदस्य हुन योग्य हुनेछः–
- (क) नेपाली नागरिक,
- (ख) सम्बन्धित प्रदेशको मतदाता रहेको,
- (ग) पच्चीस वर्ष उमेर पूरा भएकोे,
- (घ) नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको,
- (ङ) कुनै कानूनले अयोग्य नभएको, र
- (च) कुनै लाभको पदमा बहाल नरहेको ।
स्पष्टीकरण:
यस खण्डको प्रयोजनका लागि “लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ ।
(२) निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेकोे व्यक्ति यस भाग बमोजिम प्रदेश सभाको सदस्य पदमा निर्वाचित
भएमा त्यस्तो पदको शपथ ग्रहण गरेको दिनदेखि निजको त्यस्तो पद स्वतः रिक्त हुनेछ ।