(१) देहायको कुनै अवस्थामा मुख्यमन्त्रीको पद रिक्त हुनेछः–
- (क) निजले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा दिएमा,
- (ख) धारा १८८ बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा निजको विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा,
- (ग) निज प्रदेश सभाको सदस्य नरहेमा,
- (घ) निजको मृत्यु भएमा ।
(२) देहायको कुनै अवस्थामा मन्त्रीको पद रिक्त हुनेछः–
- (क) निजले मुख्यमन्त्री समक्ष लिखित राजीनामा दिएमा,
- (ख) मुख्यमन्त्रीले निजलाई पदमुक्त गरेमा,
- (ग) उपधारा (१) को खण्ड (क), (ख) वा (ग) बमोजिम मुख्यमन्त्रीको पद रिक्त भएमा,
- (घ) निजको मृत्यु भएमा ।
(३) उपधारा (१) बमोजिम मुख्यमन्त्रीको पद रिक्त भए तापनि अर्को प्रदेश मन्त्रिपरिषद गठन नभएसम्म सोही मन्त्रिपरिषदले कार्य सञ्चालन गर्नेछ ।
तर मुख्यमन्त्रीको मृत्यु भएमा अर्काे मुख्यमन्त्री नियुक्ति नभएसम्मका लागि वरिष्ठतम मन्त्रीले मुख्यमन्त्रीको रूपमा कार्य सञ्चालन गर्नेछ ।