(१) नेपालमा देहाय बमोजिमका अदालतहरू रहनेछन्ः–
- (क) सर्वोच्च अदालत,
 - (ख) उच्च अदालत, र
 - (ग) जिल्ला अदालत ।(२) उपधारा (१) मा लेखिएदेखि बाहेक कानून बमोजिम मुद्दा हेर्न स्थानीय स्तरमा न्यायिक निकाय वा विवाद समाधानका वैकल्पिक उपाय अवलम्बन गर्न आवश्यकता अनुसार अन्य निकाय गठन गर्न सकिनेछ ।
 
